१ पुस २०८२, मंगलबार | December 16, 2025

ओलीसँग इतिहासले एक एक हिसाबको बदला लिनेछ : माधव नेपाल



काठमाडौं । प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चक्रपथमा सेनाको बख्तरबन्द गाडी कुदाएर देश कब्जाको रिहर्सल गरेको आरोप लगाएका छन् ।

शुक्रबार बिहान ललितपुरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले ओलीले सत्ता मात्रै नभएर देश कब्जा गर्न खोजेको आरोप लगाउँदै उनीसँग कोही नडराउने बताए । ‘केपी ओलीलाई चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन’, नेपालले सेनाका गाडी गुडाएर कोही नतर्सिने भन्दै चेतावनी दिँदै भने, ‘केपी ओलीसँग इतिहासले एक एक हिसाबको बदला लिनेछ ।’

नेपालले अहिलेको विवाद नेकपाभित्रको मात्रै विवाद नभएर देश नै कब्जा गर्ने ओली प्रवृति विरुद्धको टकराव भएको बताए । नेकपाको विवादलाई आन्तरिक विवाद मात्रै नसोच्न आग्रह गर्दै नेपालले लोकतन्त्र र संविधानको रक्षाको लागि अब सबै उठिसकेको अवस्था भएको जिकिर गरे । उनले भने, ‘हामी जिल्ला जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

नेपालले ओलीलाई गणेश प्रवृतिका मान्छेले बा भन्दै पूजाआजा गरिरहेको बताउँदै बालाई पूजा गर्नेहरुको शक्ति नभएको दाबी गरे । उनले जिल्लदेखि केन्द्रसम्म आफुहरु बहुमतमा रहेको दाबी गर्दै कोही व्यक्ति चोइटिएर जान्छन् भने उनीहरुलाई जान दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज