१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ओलीले गुण्डागर्दी शैलीमा राज्यसत्ता कब्जा गर्नथाले : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जंगली गुण्डाराज चलाउन थालेको आरोप लगाएका छन् ।

ललितपुमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले जंगली पाराले गुण्डागर्दीको शैलीमा राज्यसत्ता कब्जा गर्न थालेको आरोप लगाएका हुन् । प्रचण्डले संवैधानिक अंगका नियुक्ति र भूमि आयोगमा गरिएको जबरजस्ती नियुक्तिले ओलीमा गुण्डाराज देखिएको जिकिर गरे ।

प्रचण्डले अति भएर मात्रै आम हड्तालजस्तो अप्रिय आन्दोलनमा उत्रिनु परेको बताए । उनले भने, ‘ओलीको गुण्डाराजविरुद्ध तुरुन्तै प्रतिवाद गर्नुपर्यो । त्यसैले तत्कालै आमहड्तालमा गयौं । हड्ताललाई जनताले साथ दिनुभयो ।’ अब ओलीको प्रतिगमन र स्वेच्छाचारीता विरुद्ध संयुक्त जनआन्दोलन हुने बताउँदै प्रचण्डले अब हड्ताल गर्नुपरे जनता स्वयंले गर्ने दाबी समेत गरे ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनसम्म आइपुग्दा घटनाक्रम कसरी बढे भन्नेबारेमा आफुहरुले छिटै नै स्वेतपत्र जारी गर्ने बताए । स्वेतपत्रमा देशमा दुर्घटना किन निम्तियो, आफुहरुको भूमिका के थियो भन्ने कुरा पनि उल्लेख उनले उनले बताए ।

जनतालाई प्रष्ट पार्न जरुरी छ । हामी आफै पनि आत्मसमीक्षा गर्न जरुरी छ भन्दै प्रचण्डले आफुहरु राष्ट्र निर्माण र लोकतन्त्र रक्षा र सत्यको लडाइँमा रहेको दाबी गरे । आफुहरुको आन्दोलन पदाका लागि नभएको भन्नेकुरा जनतालाई बुझाउने उनले प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ०९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम