८ चैत्र २०८२, आइतबार | March 22, 2026

संवैधानिक आयोगमा नियुक्ति खारेजीको माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दायर , आइतबार पेशी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्ति विरुद्ध प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

सभामुख सापकोटा आफै उपस्थित भएर दायर गरेको रिटको पेशी आइतबारको लागि तोकिएको छ ।

प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संवैधानिक आयोगमा गरेको नियुक्ति खारेज गर्न माग गर्दै सभामुखले रिट दायर गर्न लागेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए।

सभामुखको रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, मुख्यसचिव र बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाएका छन् ।

सभामुखसहित शशी श्रेष्ठ, रेखा शर्मा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायतका प्रतिनिधि सभाका सदस्यहरुपनि सर्वोच्च पुगेका थिए।

सभामुख सापकोटाले संवैधानिक परिषदबाट संसदीय सुनुवाइका लागि प्राप्त सिफारिस पत्रलाई संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिसको पत्र सक्कल समेत फिर्ता पठाएका थिए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरि सपथ समेत खुवाएका थिए ।

यसको विरोधमा प्रचण्ड-नेपाल पक्षको नेकपाले आम हड्ताल नै गरिसकेको छ भने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजले समेत विरोध जनाउँदै आएका छन्।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ११ : ५० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ