३ भदौ २०८३, बुधबार | August 19, 2026

तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : ज्ञानु सारु र बेग प्रसाद पाण्डेको जोडी विजयी शुरुवात



बुटवल । लाफा समूह बुटवलको आयोजनामा शुक्रबारदेखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता २०७७ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानु सारु र बेग प्रसाद पाण्डेको जोडी विजयी भएका छन। सारु र पाण्डेको जोडीले अर्जुन कार्की र आयुस कार्कीको जोडीलाई २-१ को सेटमा पराजित गरेका हुन।

पहिलो सेट २१-१९ अंकमा सारु र पाण्डेको जोडीले जित्दै खेलमा अग्रता लिएको थियो। तर दोस्रो सेट भने कार्कीको बाबू छोराले २१(११ को अंकमा खेल फर्काउदै बराबरीमा ल्याए। अन्तिम तथा निर्णायक सेटमा २१-११ को सेटमा जित निकाल्दै सारु र पाण्डेको जोडीले खेलमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरे ।

प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै नगरमा खेल विकासमा स्वतस्फूर्त अग्रसर धेरै संघसंस्थाहरु रहेको बताए। पछिल्लो समय खेलकुदका विधालाई समेट्ने गरि खेलकुद विकास समितिमा आवद्धता मार्फत काम अघि बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय विविध पुर्वाधार विकासमा आफू लागेको बताए ।

लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले यो प्रतियोगिता लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता भएको दाबी गरे ।

प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतियलाई ३१ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । भेट्रान्स तर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतियलाई १० हजार ५ सय ५५ रुपैया ट्रफि मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुसासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

समाज रुपान्तरणका लागि स्थापनाकालदेखि रक्तदान, विभिन्न आपतकालिन अवस्थामा राहत संकलन, नेपाली संस्कृतिलाई जगेर्ना गर्नको निम्ति विभिन्न सांस्कृतिक कार्यक्रम तथा भलिबल, फुटबल, ब्याडमिन्टन लगायत विभिन्न प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगिता संयोजन पुरन गाहाले टप रेकिङभन्दा बाहिरका खेलाडीहरुले भाग लिने बताए । यसवर्ष खुलातर्फ ५८ र भेट्रान्स तर्फ २८ बढि टिम हुने उनले बताए। विस २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ। प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको उनले बताए । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको हो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १२ : ०८ बजे

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी