२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आजको मौसम : केही स्थानमा हल्का वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल देशभरको मौसममा आंशिकदेखी सामान्य बदली रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । त्यस्तै बाँकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रदेश १ का धेरैजसो स्थानहरु र प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुका साथै गण्डकी प्रदेशका एक, दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : ४३ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।