२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ताराखोला गाउँपालिकाका किसानहरु व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित



बागलुङ । ताराखोला गाउँपालिकाका किसानहरु व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् ।

कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसानहरु फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् ।

ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । उनका अनुसार फलफूल खेतीमा सङ्घीय सरकार, गाउँपालिका र किसानको समेत लागत साझेदारी छ । किसानले विभिन्न ठाउँमा गरी छ हजार ८०० ओखर, एक हजार ६०० किबी र ५०० बदामका बिरुवा लगाएका छन् ।

सात सय ५० हेक्टरमा ओखरखेती गरिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । टर्कीबाट ल्याइएका दाँते ओखरका कलमी बिरुवा दुई हजार ८०० र नेपालमै खरिद गरिएको चार हजार बिजु बिरुवा किसानलाई वितरण गरिएको उनले बताए ।

टर्कीबाट ल्याउँदा रु ५५० मूल्य परेको ओखरको कलमी बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको छ । त्यस्तै नेपालकै बिजु बिरुवा किसानले रु ७५ मा पाएका छन् । कृषि प्राविधिकको अध्ययनबाट ओखरखेतीका लागि ताराखोलाको माटो र हावापानी उपयुक्त देखिएपछि खेती शुरु गरिएको हो ।

“न्यूनतम दुई रोपनी क्षेत्रफलदेखि माथि ओखर खेती गर्ने किसान हुनुहुन्छ”, शाखा प्रमुख शर्माले भने, “रु ५५० पर्ने ओखरको बिरुवा किसानले जम्मा रु २५० मा पाएका छन ।” पँधेराखोला र बराहखोलामा ठूलो मात्रामा ओखर खेती गर्ने योजनामा किसान छन् । न्यूनतम दश बिरुवासम्म लगाउने किसानले मात्र अनुदान पाएको गाउँपालिकाले जनाएको छ ।

ओखरसँगै किबी र बदामका बिरुवा पनि किसानलाई अनुदानमा वितरण गरिएको छ । हाल आठ हेक्टरमा रहेको किबी खेती विस्तारका लागि यो वर्ष थप एक हजार ६०० बिरुवा अनुदानमा बाँडिएको हो । रु तीन सय पर्ने किबीको बिरुवामा पनि किसानले ५० प्रतिशत अनुदान पाएका छन् । यसअघि किबी पकेट क्षेत्रमा समेटिएकाबाहेक वडा नं ३ को बराहखोला, पँधेराखोला, वडा नं २ को खुल्डाँडा, हल्पु, नागबेली खोला, वडा नं ५ को औलादी, मपेस, सिपपलगायतका ठाउँमा किबी खेती शुरु गरिएको हो ।

त्यस्तै ताराखोलामा पहिलोपटक बदाम खेती पनि शुरु गरिएको छ । किसानलाई बदामका ५०० बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रु पाँच सय पर्ने बदामको बिरुवा अनुदान छुटमा किसानले रु २५० मा पाएका छन् । बिरुवा रोप्नका लागि एक खाल्डो बराबर रु ३० अनुदान किसानलाई उपलब्ध गराइएको छ ।

शाखा प्रमुख शर्माका अनुसार ५०० किसानले ओखर, ५० जनाले किबी र ५० जनाले बदाम खेती शुरु गरेका छन्। फुलफूल खेतीका लागि सङ्घ सरकारबाट रु सात लाख, गाउँपालिकाको रु सात लाख र बाँकी किसानको लगानी परेको छ । फलफूल खेतीले किसानको जीवनस्तर उकासिने गाउँपालिकाका अध्यक्ष घर्तीको विश्वास छ । “कृषि र पशुपालनसँगै स्थानीय उत्पादनमा आधारित उद्यम, व्यवसायबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ”, उनले भने । रासस

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : ५२ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।