४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्धार्थ बिजनेश ग्रुप २३औँ बर्षमा : आश्रित बालबालिका र असहायलाई सहयोग गर्दै मनायो वार्षिकोत्सव



काठमाडौं । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो स्थापनाको २३ वर्ष पुरा गरेको छ ।

कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ विजनेश ग्रुपले माइती नेपालमा आश्रित बालबालिका तथा अशक्त र असहायहरुलाई राहत सहयोग गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ ।

विजनेश ग्रुपले माइती नेपालमा आश्रित बालबालिकालाई राहत सहयोग गर्नुका साथै, दशेका सबै शाखाहरु रहेका स्थानहरुमा रक्तदान, अपाङ्गता भएका असहायलाई खाद्य सामाग्री प्रदान, विभिन्न सामुदायिक बिध्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, नगर सरसफाई लगायतका विभिन्न रचनात्मक कार्य गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष नुराधा कोइरालाबाट वृक्षारोपण गरिएको थियो । कोईरालाले नै केक काटेर वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।

 

 

 

 

 

 

 

 

 

सिद्धार्थ विजनेश ग्रुपले घरेलु हिंसा र मानव बेचबिखन रोकथामको माईती नेपालको अभियानमा सहकार्य गर्ने र उद्धार गरिएका पीडितलाई रोजगारीको अवसर दिने घोषणा गरेको छ । साहाराबिहीन भएर बसेका असहायहरुलाई सिद्धार्थले रोजगारी प्रदान गर्ने विजनेश ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।

कैलालीको टीकापुरबाट नास्ता पसलबाट हपिस्टालिटी व्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपको २३ वर्ष पुग्दासम्म पश्चिम महेन्द्रनगर देखि झापाको बिर्तामोडसम्म आफ्नो सेवा बिस्तार गरेको छ।

महेन्द्रनगर, कैलाली टीकापुर, कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत , बुटबल , चितवनको चुम्लिङटार र काठमान्डौको विभिन्न स्थानमा रेष्टुरेन्ट, होटेल, क्याफे , हस्पिटालिटी इष्ट्रिच्युट, हस्पिटालिटी ट्रेड, क्ष्त् कम्पनी, ट्राभल र गुल्मीमा कृषि फर्म गरी २५ वटा शाखाहरु रहेका छन् ।

सिद्धार्थ ग्रुपले आफ्नो सेवा बिस्तारकै क्रममा केही दिन अघि मात्र काठमाडौं बौद्धमा चार तारे स्तरको बुटिक होटल र हेटौंडामा तीन तारे स्तरको होटल सञ्चालनमा ल्याएको छ।

साथै भैरहवामा पाँच तारे होटल र इलामको कन्याम, कपिलवस्तुको चन्द्रौटा, जुम्लामा रिसोर्ट छिट्टै सन्चालनमा आउने योजना रहेको कम्पनीका कार्यकारी अधिकृत कृष्ण न्यौपाने बताए।

२३औं वार्षिकोत्सवको अबसरमा विजनेश ग्रुप अफ हस्पिटालिटी अर्न्तगतका सबै शाखाहरुले माघ मसान्तसम्म सबै शाखाहरुबाट आफ्नै मोबाइल एपको माध्यमबाट अर्डर गर्दा एक परिकार किन्दा अर्को एक परिकार निस्शुल्क उपलब्ध गराउने अफर राखिएको सीईओ न्यौपानेले बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : १४ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा