१ पुस २०८२, मंगलबार | December 16, 2025

बाजुराको जडाङ्ग नदिमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा



बाजुरा । बाजुरा जिल्ला र अछामको साफेँ मार्तडी सडक खण्ड अन्तरगत पर्ने बाजुरा को बडिमालिका नगरपालिकाको जडाङ्ग नदिमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ ।

सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का लगाएकोमा । ठेक्काएमएस एमके बिल्डर्स एण्ड कन्ट्रक्सन कम्पनीले पाएको ठेक्काको काम करिव सकिएको निर्माण कम्पनिका ठेकेदार चक्र शाहले बताए ।

बेलिब्रिज निर्माण सम्झौता माघ महिनाको मसान्त सम्ममा सकिने सडक डिभिजन प्रमुख ललित खनालले वताए। समझौता अनुसार समय सिमा भित्रै काम सम्पन्न हुने चरणमा पुुगेको सडक डिभिजन कार्यलय प्रमुख खनालले जानकारी दिए ।

गत साउन २५ गते राति आएको अविरल वर्षा सगै आएको बाढिले बेलिब्रिज र झोलुङ्गे पुल वगाएको थियो । बाढिले बुढिगंगा नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क विहिनभएको थियो । पुरानै बगाएको ठाँउमा बेलिबिज्र निर्माण शुरु गरेको सडक डिभिजन कार्यलय प्रमुख खनालले वताए।

बेलिबिज्र बगाएपछि सोहि स्थानमा नेपाली सेना, प्रहरी र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाईएको थियो ।

बाढिले पुल बगाए पछि जिल्ला सदरमुकाम मार्तडी लगाएतका पुर्वि उत्तरी भेगका मानिसहरूलाई आवागमन गर्न निकै समस्या भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  २ : ४० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज