२८ भदौ २०८३, आइतबार | September 13, 2026

बाबुले गरे गोली प्रहार गरी आफ्नै छोरीको हत्या



बैतडी । १९ वर्षीया किशोरीको बलात्कार पछि हत्या भएको २ दिन नपुग्दै बैतडीमा बाबुले आफ्नै छोरीलाई गोली प्रहार गरि हत्या गरेका छन् । बैतडीको पुरचौर्डी नगरपालिकामा बाबुले छोरीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

पुरचौर्डी नगरपालिकाको वडा नम्बर १० विजयपुरको धौबिसैका ५० वर्षीय धनबहादुर महराले आफ्नै अन्दाजी २० वर्षीया छोरी बेलमती धामी महरामाथि गोली प्रहार गरी हत्या गरेको बैतडी प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझ ५ बजे तिर धनबहादुरले छोरी बेलमतीमाथि गोली प्रहार गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । सामान्य घरायसी विवादमा धनबहादुरले माईत आएकी छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेको निरीक्षक धामीले बताए ।

घटना लगत्तै पुरघाट प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ, घटनास्थलमा टावर नटिप्ने समस्याले घटनाको थप विवरण आएको छैन । प्रहरी निरीक्षक धामीले भने । गोली लागेर घाइते भएकी छोरीको मृत्यु भइसकेको उनले बताए ।

प्रहरीका अनुसार बन्दुकसहित महरा फरार भएका छन् । प्रहरीका अनुसार बन्दुक सहित महरा जङ्गल तिर भागेका छन् । मृतकका १ वर्षका छोरा रहेको बताईएको छ ।

बुधबार सांझ मात्र बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव स्थानीय जङ्गलमा भेटिएको थियो । प्रहरीले भट्टको बलात्कार पछि हत्या गरेको आशंका गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ३१ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू