१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाबुले गरे गोली प्रहार गरी आफ्नै छोरीको हत्या



बैतडी । १९ वर्षीया किशोरीको बलात्कार पछि हत्या भएको २ दिन नपुग्दै बैतडीमा बाबुले आफ्नै छोरीलाई गोली प्रहार गरि हत्या गरेका छन् । बैतडीको पुरचौर्डी नगरपालिकामा बाबुले छोरीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

पुरचौर्डी नगरपालिकाको वडा नम्बर १० विजयपुरको धौबिसैका ५० वर्षीय धनबहादुर महराले आफ्नै अन्दाजी २० वर्षीया छोरी बेलमती धामी महरामाथि गोली प्रहार गरी हत्या गरेको बैतडी प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझ ५ बजे तिर धनबहादुरले छोरी बेलमतीमाथि गोली प्रहार गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । सामान्य घरायसी विवादमा धनबहादुरले माईत आएकी छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेको निरीक्षक धामीले बताए ।

घटना लगत्तै पुरघाट प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ, घटनास्थलमा टावर नटिप्ने समस्याले घटनाको थप विवरण आएको छैन । प्रहरी निरीक्षक धामीले भने । गोली लागेर घाइते भएकी छोरीको मृत्यु भइसकेको उनले बताए ।

प्रहरीका अनुसार बन्दुकसहित महरा फरार भएका छन् । प्रहरीका अनुसार बन्दुक सहित महरा जङ्गल तिर भागेका छन् । मृतकका १ वर्षका छोरा रहेको बताईएको छ ।

बुधबार सांझ मात्र बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव स्थानीय जङ्गलमा भेटिएको थियो । प्रहरीले भट्टको बलात्कार पछि हत्या गरेको आशंका गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ३१ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।