४ चैत्र २०८२, बुधबार | March 19, 2026

कोरोनाविरूद्धको दोस्रो चरणको खोप आजदेखि सुरु, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाइ खोप लगाइने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत आजबाट पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ ।

पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स तथा शवबहानका चालकलाई खोप लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका अनुसार आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप दिईने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार देखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । अन्य जिल्लाहरुमा भने स्वास्थ्य कार्यालयको समन्वयमा तोकीएको स्थानमा खोप लगाउने प्रबन्ध मिलाईएको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाने पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर खोप केन्द्र जान मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । सुचना बिभागका अनुसार बिभागमा दर्ता भएका देशभरका करिब १३ हजार पत्रकार रहेका छन् ।

पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  २ : १७ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन