२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सिरुबारीमा ११ महिनापछि खुल्यो घरबास



पोखरा । कोभिड-१९ का कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्चालनमा आएका छन् । घरबास एसोसिएसन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो । सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले जताततैका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीलगायतका घरबास पनि पाहुनालाई न्यानो आतिथ्यताले स्वागत गर्न आतुर रहेको बताए ।

उनले कोभिड-१९ का कारण ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन घरबास सञ्चालन गर्न आवश्यक रहेको औल्याए । पत्रकार सम्मेलनमार्फत गुरुङले पर्यटकलाई सिरुबारीलगायतका घरबासमा आउन आग्रह गरे । उनकाअनुसार स्याङ्जाामा ४९ सामुदायिक होमस्टे रहेको छ भने एक रातमा दुई हजार पाहुनालाई राख्न सकिन्छ । सिरुबारीमा मात्र २३ वटा घरमा होमस्टे सञ्चालनमा छन् ।

एसोसिएसनका अध्यक्ष मोहन खनालले प्राकृतिक हिमशृङ्खला, सूर्योदयको सुन्दर दृश्यसँगै गुरुङ, मगर, नेवार र भुजेल जातिको सांस्कृतिक गतिविधिलाई नजिकबाट नियाल्न र गाउँलेको न्यानो आतिथ्यतमा रमाउन स्याङ्जाका होमस्टे उत्कृष्ट रहेको बताए । उनकाअनुसार कोभिड अगाडि उक्त स्थानमा वार्षिक करिब ११ हजार पाहुना पुग्ने गरेका तथ्याङ्क छ । स्याङ्जा पर्यटन विकास समितिका अनन्तकुमार श्रेष्ठले सिरुबारीलगायतका होमस्टे सञ्चालनसँगै हरेक महिना एक एक वटा कार्यक्रम सञ्चालन गर्दै जाने बताए ।

उनले माघ २७ गते सिरुबारीको आँधिखोला गाउँपालिका–१ मा गाउँपालिका परिचयात्मक भ्रमण, फागुन २७ गतेदेखि २९ गतेसम्म बालिङ नगरपालिका-४ कुलमान घिसिङ झरनामा क्यानोनिङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता र चैत २७ गते सिरुबारीमा होमस्टेमा कोभिड–१९ को प्रभावको बारेमा अन्तरक्रिया कार्यक्रम तय गरिएको जानकारी दिए ।

कार्यक्रममा आन्तरिक पर्यटन पुनरुत्थानका संयोजक अग्नि कँडेलले गाउँ पर्यटनको अग्रणी सिरुबारी देशकै नमुना होमस्टे भएकाले यहाँबाट अन्य होमस्टेले धेरै कुरा सिक्न सक्ने बताए । उनले पछिल्लो समय आन्तरिक पर्यटकका कारण ग्रामीण पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउँदै पर्यटन प्रवर्द्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट जागर चलाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय होमस्टेमा सहरबजारबाट लगिएका खानेकुराले स्थानीय स्वादलाई विस्थापित गरिरहेको उल्लेख गर्दै घरबासमा स्थानीय उत्पादनमा जोड दिएर पाहुनालाई आर्कषित गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले कोभिड-१९ का कारण मानिस शान्त र प्राकृतिक वातावरणको खोजीमा रहेको उल्लेख गर्दै गाउँ पर्यटनमा आर्कषण बढेको बताए । उनले कृषि र पर्यटनलाई जोडेर स्थानीय उत्पादनको स्वाद र स्थानीय रहनसहन संस्कृतिलाई घरबास कार्यक्रममा बढी जोड दिनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न र घरबासको बारेमा सही सूचना दिन पर्यटन बोर्डले मोबाइल एप्स तयार गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : ०० बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।