५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रचण्ड-नेपाल पक्षको भोलि काठमाडौंमा बृहत प्रदर्शन : यी ५ ठाउँबाट निकालिँदैछ जुलुस



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले भोलि काठमाडौंमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार उक्त सभा भृकुटीमण्डपमा नै हुने भएको छ । सो पक्षले बुधबार बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने छ । जसमा पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय भएको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन । यस्तै, त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा लगायतले गर्नेछन भने माइतीघरबाट निस्कने जुलुसमा अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल लगायत नेताहरु सहभागी हुने भएका छन ।

केशरमहलबाट सुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरुले गर्नेछन भने जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु रहनेछन । मुल जुलुस भने सुन्धाराबाट सुरु हुनेछ ।

उक्त जुलुस राजधानीको बिभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्ग पुगेर सभा स्थलमा परिणत हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमका साथ संसद् विघटन गरेपछि सो पक्ष आन्दोलनरत छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : ४१ बजे

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण