४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रचण्ड-नेपाल पक्षको भोलि काठमाडौंमा बृहत प्रदर्शन : यी ५ ठाउँबाट निकालिँदैछ जुलुस



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले भोलि काठमाडौंमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार उक्त सभा भृकुटीमण्डपमा नै हुने भएको छ । सो पक्षले बुधबार बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने छ । जसमा पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय भएको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन । यस्तै, त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा लगायतले गर्नेछन भने माइतीघरबाट निस्कने जुलुसमा अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल लगायत नेताहरु सहभागी हुने भएका छन ।

केशरमहलबाट सुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरुले गर्नेछन भने जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु रहनेछन । मुल जुलुस भने सुन्धाराबाट सुरु हुनेछ ।

उक्त जुलुस राजधानीको बिभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्ग पुगेर सभा स्थलमा परिणत हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमका साथ संसद् विघटन गरेपछि सो पक्ष आन्दोलनरत छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको