२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

धेरै पैसा कमाउने लोभमा फस्दा लाखौँ गुम्यो



काठमाडौं । सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेला-बेलामा सार्वजनिक हुने गरेको छ ।

पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा फसेर मानिस लाखौँ रकम गुमाउन पुगेका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक, वाट्स एप, भाइबर, इमोलगायतबाट सिङ्गापुर, लण्डन, कोरियाको नागरिक हुँ भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पारी झण्डै रु २६ लाख ठगी गरेको पाइएको छ ।

यसरी ठगीमा झापाका ३० वर्षीय पङ्कज पौडेल रहेको र उनलाई थप कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको महाशाखाले जनाएको छ ।

उनले कतिपयलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, कतिलाई रोजगारीको लागि भिषा लगाई दिने भनी नक्कली भिषा पठाइ विश्वासमा पारेको र कतिलाई पार्सल सामान प्राप्त गर्न भन्सार शुल्क तिर्नुपर्छ भनी रकम ठगेको पाइएको छ ।

उनले रकम निकाल्दा रकम पठाएका व्यक्तिको सवारी चालक अनुमति पत्रमा एउटै फोटो प्रयोग गरी नक्कली सवारी चालक अनुमति पत्र पेश गरी रकम लिने गरेको पाइएको छ । अनुसन्धानका क्रममा उनको मोबाइलबाट रु एक करोड ९५ लाख प्राप्त गरेका अभिलेख फेला परेको छ ।

प्रहरीले उनको साथबाट रु १३ लाखसहित मोबाइल, विनोद काफ्लेको नाममा रहेको नक्कली सवारी चालक अनुमतिपत्र, अनिल बस्नेतको नामको सवारी चालक अनुमतिपत्रलगायत सामग्री फेला परेको जनाइएको छ । रासस

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ५८ बजे

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी