१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रचण्डको चेतावनी : निर्वाचन आयोगले लक्षण राम्रो देखाएको छैन, संवैधानिक निकायले खेलाँची गरे राम्रो हुँदैन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई व्यङ्ग गर्दै विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने हेर्न आग्रह गरे । प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’

अध्यक्ष प्रचण्डले केपीको डर धाक धम्कीसँग नडर्न उनले निर्वाचन आयोगलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले निर्वाचन आयोग पुगेर आयुक्तहरुलाई धम्की दिएको आरोप लगाउँदै त्यसपछि आयुक्तहरुले खुट्टो कमाउन लागेकोमा आश्चर्य व्यक्त गरे ।

उनले ओलीको धम्कीपछि खुट्टो कमाए सजिलो नहुने दाबी गरे । निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको भन्दै प्रचण्डले चेतावनीयुक्त भाषामा भने, ‘‘ठगि धन्दाको पछि लाग्ने ? काइते कुराको पछि लाग्ने ? अनि जनताले सहन्छ ?’

प्रचण्डले ‘संवैधानिक निकायमा पुगेका मान्छेले खेलाचीँ गरे भने उनीहरुले दुःख पाउँने जिकिर गरे । उनले भने, ‘त्यसपछि जनताले दुःख पाउँछन् ।’ ‘हामीले अदालतप्रति भरोसा गरेका छौं तर गर्ने निर्णय त्यही हो छिटो निर्णय गर मात्रै भनेका छौ ।’ प्रचण्डले थपे ।

अध्यक्ष प्रचण्डले बाँकी जीवन यो देशको गरिमा र जनताको निम्ति समर्पित गर्ने प्रतिज्ञा गरे । उनले आफुहरुलाई कुर्ची नचाहिएको र राष्ट्र हित प्रतिष्ठा मात्रै चाहिएको जिकिर गरे ।

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ५१ बजे

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस