१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

बाँकेको खजुरा गाँउपालिका स्वास्थ्य सुविधामा आत्मनिर्भर बन्दै



खजुरा । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरालाई स्वास्थ्य सेवाको हव बन्न कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । बुधबार वडा नम्बर ४ मा नव निर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिका प्रमुख कक्षपतिले हरेक वडामा स्वास्थ्य सेवा पुगाइएको र थप उपचारका लागी खजुरामै रहेको क्यान्सर अस्पताल तथा स्वास्थ्य चौकिमा जनतालाई सेवा दिईने बताए ।

कक्षपतिले समृद्ध खजुरा निर्माण गर्ने क्रममा अर्को खुडकिलो पार गरेको अनुभुति भएको भन्दै सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण भई सेवा आरम्भ गरिएको जानकारी दिए । उनले खजुरामा अब वडा नम्बर ६ मा मात्र भवन उद्घाटन गर्न बाँकि रहेको उल्लेख गरे । कक्षपतिले स्वास्थ्यकर्मिहरुलाई निर्देशन दिदै विरामिलाई मुस्कान सहितको सेवा दिन आग्रह समेत गरे ।

३७ लाख लगानीमा निर्मित उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई थप सुविधा युक्त बनाउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिका सधै प्रतिवद्ध रहेको कक्षपतिको भनाई छ ।

कार्यपालिका सदस्य योगमाया खनालले वडामै जनताले स्वास्थ्य सेवा सुविधा पाउन सफल भएकोमा खुसी व्यक्त गरिन् ।

स्वास्थ्य सेवा केन्द्रलाई जग्गा उपलव्ध गराएको मनकामना आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देउराम बुढाक्षेत्रिले घर छेउमै आधारभुत स्वास्थ्य सेवा लिन पाउदा हर्सित भएको बताए ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ३८ बजे

सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

स्थिरता, सुशासन र पूर्वाधार – विष्णु पौडेलको अनुभव, दृष्टि र विकासको दृष्टिकोण

बुटवल । समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

बागलुङ । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा