१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

सावधान यी पाँच बानीका कारण समय अगावै लाग्छ बुढेसकाल



एजेन्सी । हाम्रो जीवनशैलीको हाम्रो स्वास्थ्यमा निकै ठूलो असर पार्ने गर्छ । हामीले दैनिक अपनाउने केही बानी यस्ता हुन्छन् जसका कारण बुढेसकालको लक्षण समय अगावै देख्न थाल्छ ।

हामी आज तपाईंलाई यस्ता बानीबारे जानकारी दिँदै छौं जसले हामीलाई समय अगावै बुढो बनाउन सक्छ, यस्ता बानीलाई हामीले परिवर्तन गर्न आवश्यक छ ।

स्ट्रबाट पिउनु :

जब हामी कुनै ड्रिङ्क स्ट्रबाट पिउँछौं भने हाम्र्रो ओठको चारैतिर एक संकुचन हुन्छ । यसले अनुहारमा समय अगावै लाइन र चाउरी देखिन सक्छ । तपाईंले गिलास वा कपबाट नै जुस पिउने बानी बसाल्नुहोस् ।

जंक फूड वा कोल्ड ड्रिङ्क :

जंक फूडमा धेरै नै ट्रान्स फ्याट, नुन र चिनी हुन्छ । यसमा पोषक तत्व शून्य बराबर हुन्छ । जंक फूडले शरीरबाट कोलोजनको मात्रा कम गर्छ । कोलेजनले अनुहारमा चाउरी पर्नबाट रोक्छ । यस्तै सोडा र कोल्ड ड्रिङ्क्सले पनि अनुहारमा चाउरी पर्न सघाउ पुर्याउँछ ।

रक्सीको अत्यधिक सेवन :

केही अनुसन्धानका अनुसार जो मानिसहरु रक्सीको अत्यधिक सेवन गर्छन्, उनीहरुमा बुढेसकालको लक्षण चाँडै नै आउने गर्छ । रक्सीको अत्यधिक सेवनले आँखा मुनी कालो दाग, अनुहारमा चाउरी र डिहाइड्रेशन हुने गर्छ ।

घोप्टो परेर सुत्नु :

सुत्दा शरीरले ऊर्जा प्राप्त गर्छ तर यदि तपाईं घोप्टो परेर सुत्नुहुन्छ भने तपाईंमा बुढेसकालको लक्षण चाँडै नै आउन सक्छ । एस्थेटिक सर्जरी जर्नलमा छापिएको एक अनुसन्धानका अनुसार घोप्टो परेर सुत्दा अनुहारमा सिधा दबाब पर्छ जसका कारण चाउरी पर्न थाल्छ । त्यसैले तपाईंले आफ्नो सुत्ने तरिकामा परिवर्तन गर्नुपर्छ ।

निद्रा अपुग हुँदा :

निद्रा पूरा नहुँदा पनि अनुहारमा चाँडै नै चाउरी पर्न थाल्छ । निद्रा पूरा नहुँदा पूरा रुटिन बिग्रने गर्छ । यसको असर शरीरमा पनि पर्छ । युनिभर्सिटी हस्पिटल केस मेडिकल सेन्टरको एक शोधमा निद्रा पूरा नहुनेहरुको अनुहारमा अत्यधिक चाउरी देखिएको पत्ता लागेको छ । साथै यसको एक प्रमुख कारण तनाव पनि मानिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ७ : १५ बजे

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने

नेपाली बीमा कम्पनीलाई ग्लोबल कम्पनी बनाउने गरी सहजिकरण गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली

पोखरामा कांग्रेसको आज आमसभा

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

स्थिरता, सुशासन र पूर्वाधार – विष्णु पौडेलको अनुभव, दृष्टि र विकासको दृष्टिकोण

बुटवल । समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र