२९ मंसिर २०८२, सोमबार | December 16, 2025

रामकुमारी झाँक्री पक्राउ गर्न प्रहरी पुग्यो झाँक्री निवास, समर्थकहरुले झाँक्री निवासमै गरे नारावाजी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रिलाई पक्राउ गर्न प्रहरी झाँक्री निवास निवासमा पुगेको छ । ओली पक्षको अखिल नेपाल महिला संघको दवावमा झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको हो ।

बिहिबार नेपाल प्रहरी नेकपा प्रचण्ड–नेपाल पक्षकि केन्द्रीय सदस्य रामकुमारी झाँक्रिलाई पक्राउ गर्न उनको शंखमुलस्थित निवासमा पुगेको हो । पोसाकका तथा सादा पोशाकका प्रहरीलाई बाक्लो संख्यामा परिचालन गरिएको छ भने नेकपाका कार्यकर्ताहरुले रामकुमारी झाँक्रिको पक्षमा चर्को नाराबाजी समेत गरिरहेका छन् ।

रामकुमारी झाँक्रिले केही समयअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अर्मयादित टिप्पणी गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघले झाँक्रिलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाएको थियो ।

झाँक्रिलाई पक्राउ गर्न चर्को दबाब परेपछि प्रहरीले बिहिबार नै सोधपुछको लागि प्रहरीकहाँ आउन अनुरोध गरेपनि उहाँले राजनीतिक मुद्दा भएकाले त्यसै अनुरुप पक्राउ पुर्जी जारी गरेर आउन प्रहरीलाई अनुरोध गरेको पत्रकारमाझ बताएकी थिईन् ।

झाँक्रिले आफुले राष्ट्रपति संस्थामाथि टिप्पणी गरेको नभई सरकारको प्रतिगमनलाई साथ दिने व्यक्ति माथि टिप्पणी गरेको बताउँदै आएकी छिन्।

नेकपा कार्यकर्ताले रामकुमारी झाँक्रि हाईहाई, प्रतिगमन मुर्दावाद, प्रहरी हस्तक्षेप बन्द गर लगायतका नाराबाजी समेत गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  १ : ०३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको