४ भदौ २०८३, बिहिबार | August 20, 2026

रामकुमारी झाँक्री पक्राउ गर्न प्रहरी पुग्यो झाँक्री निवास, समर्थकहरुले झाँक्री निवासमै गरे नारावाजी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रिलाई पक्राउ गर्न प्रहरी झाँक्री निवास निवासमा पुगेको छ । ओली पक्षको अखिल नेपाल महिला संघको दवावमा झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको हो ।

बिहिबार नेपाल प्रहरी नेकपा प्रचण्ड–नेपाल पक्षकि केन्द्रीय सदस्य रामकुमारी झाँक्रिलाई पक्राउ गर्न उनको शंखमुलस्थित निवासमा पुगेको हो । पोसाकका तथा सादा पोशाकका प्रहरीलाई बाक्लो संख्यामा परिचालन गरिएको छ भने नेकपाका कार्यकर्ताहरुले रामकुमारी झाँक्रिको पक्षमा चर्को नाराबाजी समेत गरिरहेका छन् ।

रामकुमारी झाँक्रिले केही समयअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अर्मयादित टिप्पणी गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघले झाँक्रिलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाएको थियो ।

झाँक्रिलाई पक्राउ गर्न चर्को दबाब परेपछि प्रहरीले बिहिबार नै सोधपुछको लागि प्रहरीकहाँ आउन अनुरोध गरेपनि उहाँले राजनीतिक मुद्दा भएकाले त्यसै अनुरुप पक्राउ पुर्जी जारी गरेर आउन प्रहरीलाई अनुरोध गरेको पत्रकारमाझ बताएकी थिईन् ।

झाँक्रिले आफुले राष्ट्रपति संस्थामाथि टिप्पणी गरेको नभई सरकारको प्रतिगमनलाई साथ दिने व्यक्ति माथि टिप्पणी गरेको बताउँदै आएकी छिन्।

नेकपा कार्यकर्ताले रामकुमारी झाँक्रि हाईहाई, प्रतिगमन मुर्दावाद, प्रहरी हस्तक्षेप बन्द गर लगायतका नाराबाजी समेत गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  १ : ०३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई