१६ असार २०८३, मंगलबार | June 30, 2026

झाँक्री पक्राउ परेपछि गगन थापाको चेतावनी : सरकार झ्यालखानाको संख्या थप !



काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारको त्रासले बन्द नहुने चेतावनी दिएका छन् ।

प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाकी युवा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले राज्य विरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत नेता थापाले सरकारले सत्य बोल्ने मुख थुन्न नसक्ने बताएका हुन् ।

रामकुमारी झाँक्रीको पक्राउ गरेकोमा आक्रोश पोख्दै थापाले सरकरालाई झ्यालखाना थप्न समेत चेतावनी दिएका छन् ।

‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन’, थापाले भनेका छन् ।

थापा र झाँक्री २०६२/६३ को जनआन्दोलनको अगुवाई गर्ने दुई चर्चित युवा हुन् । झाँक्रीलाई राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएको अभियोगमा सरकारले राज्य विरुद्धको कसुरमा बिहीबार उनकै निवासबाट पक्राउ गरेको छ । झाँक्रीको पक्राउको विरोधमा नेकपाका नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् भने विपक्षी दलका नेता एवं नागरिक आन्दोलनका अगुवाहरुले नागरिक स्वतन्त्रता हनन भएको भन्दै विरोध गरेका छन् ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  २ : १४ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी