२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रचण्ड र माधव नेपालले पार्टी एकताको भावनालाई चोट पुर्‍याएकाले संसद विघटन गर्नु परेको हो : मुख्यमन्त्री पोखरेल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका लुम्बिनी प्रदेश इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गतेको बुटवलको सभाले राष्ट्रलाई दिशा निर्देश गर्ने बताएका छन् ।

पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले बुटवलको सभाले जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने राष्ट्रलाई सुनाउन र देखाउन चाहेको बताए । उनले बुटवलको आमसभा अहिले सम्मकै सभाहरुमा ऐतिहासिक हुने दाबी समेत गरे।

पोखरेलले प्रधानमन्त्रीलाई कम्जोर पार्ने षडयन्त्र गरेकाले जनतामा जान परेको बताउँदै प्रतिनिधि सभा विघटन विवादको विषय नभई विबादको परिणाम भएको उल्लेख गरे। उनले पार्टी भित्रको आन्तरिक समिकरणको बहानामा प्रचण्ड र माधव नेपालले पार्टी एकताको भावनालाई चोट पुर्‍याएकाले प्रधानन्त्री संसद विघटनको जानु परेको भन्दै प्रधानमन्त्रीको बचाउ गरे । ‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन चाहान्छौं, देखाउन चाहान्छौ’ उनले भने ‘जनपरिचालन कस्तो हुन्छ। जनपरिचालन कस्तो हुँदो रहेछ त्यो पनि बुटवलमा देखिन्छ।’ बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा रुपन्देहीका एक लाख र रुपन्देही बाहेकका अरु जिल्लाबाट एकलाख गरि २ लाख जनता उतार्ने पोखरेलले दाबी गरे।

सभाकै दिन पुर्व जनमुक्ति सेनाका ठूलो संख्यामा पूर्व लडाकुहरु पार्टीमा समाहित हुने जानकारी गराउंदै मुख्यमन्त्री पोखरेलले तत्कालिन माओबादी अध्यक्ष प्रचण्डले पूर्व लडाकुहरुको बेवास्ता गरेकाले उनीहरु ओली नेतृत्वको पार्टीमा उभिन तयार भएको खुलासा गरे । उनले जनमुक्तिसेनाका योद्धाहरुलाई सम्मान गर्ने, प्रमाणपत्र दिने र शान्ति प्रक्रियालाई योजनाबद्धरुपमा पुरा गर्ने बाटोमा ओली नेतृत्वको सरकार अगाडी बढेको बताए । उनले अहिलेको परिवर्तनमा शसस्त्र संघर्षकोपनि योगदान रहेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन र शसस्त्र संघर्षको जगमा १९ दिने आन्दोलन सफल भएको बताए ।

प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न चुनावमा जान आवश्यक परेको हो ।’ पोखरेलले भने ‘ प्रतिनिधि सभा विघटन परिस्थीतिको बाध्यताको रुपमा रहयो।’ उनले अहिलेको राजनीतिक संकटलाई चुनावबाट हल गर्ने बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ४ : ५१ बजे

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा