१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नेपाली बैंकिङ्ग इतिहासमै माछापुच्छ्रे बैंकले पहिलो पटक सुरु गर्यो आफ्नै मोवाईल वालेट



काठमाडौ । माछापुच्छ्रे बैंकले नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट “रेमिट्याप” संचालनमा ल्याएको छ ।

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको बैंकले डिजीटल बैंकिङ्गमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै नयाँनयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको छ । यसैक्रममा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले बैंकले आफ्नै मोवाईल वालेट संचालनमा लयाएको हो ।

Robust टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण KYC भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् । यसका साथै रेमिट्याप बिशेषगरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ ।

रेमिट्यापले बिदेशको साथै नेपाल भित्र नै एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । यसरी रेमिट्यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ ।

यसबाहेक रेमिट्याप वालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन् । नेपाली तथा अङ्गेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ६ : ०६ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे