७ आश्विन २०८३, बुधबार | September 23, 2026

रिहा भएपछि झाँक्रीले भनिन : राष्ट्रपतिप्रति दिएको अभिव्यक्तिमा कुनै पश्चाताप छैन



काठमाडौं । पाँच घण्टा प्रहरी हिरासतमा बसेर रिहा भएकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे आफुले दिएको अभिव्यक्तिमा कुनै पश्चाताप नभएको बताएकी छिन् ।

प्रहरी हिरासतबाट रिहाइपछि झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफुले टिप्पणी गरेको भन्दै त्यसमा कुनै पश्चात्ताप नभएको बताएकी हुन् । संवैधानिक राष्ट्रपतिको संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको बताउँदै झाँक्रीले त्यो पदमा रहने व्यक्तिका क्रियाकलापको आलोचना गर्दा कुनै पश्चात्ताप नहुने प्रष्ट पारिन ।

झाँक्रीले आफु लोकतन्त्रको पक्षमा सधैंभर लडिरहेको बताउँदै संविधान र लोकतन्त्रको धज्जी उडाउनेहरु विरुद्ध बोलिरहने प्रतिवद्धता जनाइन । उनले भनिन, ‘जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’

नेतृ झाँक्रीले ठूलो आन्दोलन र लडाईंले स्थापित गरेको राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहिरहने बताइन । तर त्यहाँ पुग्ने पात्रहरूले देखाउने प्रवृतिले संविधान र कानुनको धज्जी उडाउँछन् भने ति विरुद्धको लडाईं सडकमा बाँकी रहने बताइन ।

राष्ट्रपतिप्रति अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रहरीले राज्यविरुद्धको कसुरमा झाँक्रीलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो । तर, चौतर्फी विरोधपछि सरकारले उनलाई पाँच घण्टामै रिहा गर्न बाध्य भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ७ : २० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई