२५ चैत्र २०८२, बुधबार | April 8, 2026

आर्थिक वर्षको दोस्रो त्रैमासमा टेलिकमको आम्दानी घट्यो



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ।

टेलिकमले शुक्रबार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो । दोस्रो त्रैमासको आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ अर्थात ३३ दशमलव ४० प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

टेलिकमको बिक्री आम्दानी घटेसँगै खर्च बढेपछि खुद नाफा घटेको हो । कोराना महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको कमीका कारण आफ्नो आम्दानीमा समेत प्रभाव परेको टेलिकमले जनाएको छ ।

कम्पनीले समीक्षा अवधिमा सेवा बिक्रीबाट १७ अर्ब ७२ करोड आम्दानी गरेको छ । यस्तै, अन्य शिर्षकमा २ अर्ब ८५ करोड आर्जन गरेको छ । सेवा बिक्रीको आम्दानी नै ३१ करोडले घटेको छ । कम्पनीको सेवा बिक्री बापतको आम्दानी तथा अन्य आम्दानी दुवै घटेको छ ।

टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा प्रदान गर्छ । यस्तै सञ्चालन तथा मर्मत, ह्रासकट्टी जस्ता खर्चहरु बढेको छ । कम्पनीको कुल आम्दानी २१ अर्ब ९२ करोडबाट २० अर्ब ५७ करोडमा झरेको छ । गत आवको यसै अवधिको भन्दा ६ दशमलव १६ प्रतिशतले घटेको हो।

१५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १२ : ०५ बजे

स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान