१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आर्थिक वर्षको दोस्रो त्रैमासमा टेलिकमको आम्दानी घट्यो



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ।

टेलिकमले शुक्रबार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो । दोस्रो त्रैमासको आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ अर्थात ३३ दशमलव ४० प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

टेलिकमको बिक्री आम्दानी घटेसँगै खर्च बढेपछि खुद नाफा घटेको हो । कोराना महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको कमीका कारण आफ्नो आम्दानीमा समेत प्रभाव परेको टेलिकमले जनाएको छ ।

कम्पनीले समीक्षा अवधिमा सेवा बिक्रीबाट १७ अर्ब ७२ करोड आम्दानी गरेको छ । यस्तै, अन्य शिर्षकमा २ अर्ब ८५ करोड आर्जन गरेको छ । सेवा बिक्रीको आम्दानी नै ३१ करोडले घटेको छ । कम्पनीको सेवा बिक्री बापतको आम्दानी तथा अन्य आम्दानी दुवै घटेको छ ।

टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा प्रदान गर्छ । यस्तै सञ्चालन तथा मर्मत, ह्रासकट्टी जस्ता खर्चहरु बढेको छ । कम्पनीको कुल आम्दानी २१ अर्ब ९२ करोडबाट २० अर्ब ५७ करोडमा झरेको छ । गत आवको यसै अवधिको भन्दा ६ दशमलव १६ प्रतिशतले घटेको हो।

१५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १२ : ०५ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,