७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रिय महिला लिगमा आज पनि दुई खेल



काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज शनिवार पनि दुई खेल हुँदैछ ।

आज नेपाल आर्मी क्लब र वालिङ नगरपालिका तथा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिष्पर्धा हुन लागेको हो ।

आर्मी र वालिङ नगरपालिकाबीचको खेल दिउँसो १२ बजे सुरु हुनेछ भने हुने विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको थियो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको छ ।

१४ अङ्क जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्कसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ, भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ३५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल