८ चैत्र २०८२, आइतबार | March 22, 2026

गृहमन्त्री थापाले दिए शसस्त्र दमन गर्ने चेतावनी



काठमाडौं । अक्सर आन्दोलनकारीहरुले सरकार दमनमा उत्रिए प्रतिरोध गर्ने र सरकारले बन्दुकले आन्दोलन दवाउन खोजे हतियार उठाउने चेतावनी दिन्छन् । आन्दोलनका मोर्चाबाट आन्दोलनकारीहरुले पटक पटक सरकार विरूद्ध गर्ने भाषण सुनिए पनि पहिलोपटक आन्दोलनकारीले अवरोध गरेमा सरकारले सशस्त्र प्रतिरोध गर्ने चेतावनी पहिलो पटक सुनिएको छ ।

ओली सरकारका गृहमन्त्री रामबहादुर थापाले ‘प्रतिक्रियावादी वर्ग’ले सरकारलाई अवरोध गरेका खण्डमा सशस्त्र दमन गर्ने चेतावनी दिएका छन् । गत माघ २३ गते नारायणहिटी दरबार अघिको मञ्चबाट तेस्रो जनआन्दोलनको उदघोष् गरेका गृहमन्त्री बादलले आज शसस्त्र दमन गर्ने चेतावनी दिएका हुन् ।

जनयुद्ध दिवसका अवसरमा आज काठमाडौंमा ओली समूहबाट असन्तुष्ट आफू आबद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकारले समाजवादी कार्यक्रम लागू गर्ने क्रममा ‘प्रतिक्रियावादी वर्ग’ले हतियारै उठाएर अवरोध गरेको अवस्थामा सशस्त्रै रूपमा दमन गर्नुपर्ने स्थिति आउन सक्ने बताएका बताएका हुन् ।

उनले सरकारले लिएको समाजवादी लक्ष्य पुरा गर्ने क्रममा अवरोध गर्न शसस्त्र ढंगले आएको अवस्थामा सेना, प्रहरी भएको सरकारले पनि शसस्त्र दमन गर्ने बताए ।

हिजो जस्तो आज समाजवादी क्रान्तिका लागि सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था नभएको भन्दै थापाले प्रतिक्रियावादी वर्गले सशस्त्र रूपमा अवरोध गर्न खोजेमा भने पनि त्यस्तै जवाफ दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ११ : ११ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को