१८ श्रावण २०८३, सोमबार | August 4, 2026

आजबाट कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै



काठमाडौं । झण्डै पौने २ लाख अग्रभागमा सेवा दिईरहेका स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स तथा शवबहान चालकहरुले कोरोना भाइरस विरुद्धको खोप लिएर सकिएको पहिलो चरणको अभियानको दोस्रो चरण आज (आइतबार) सुरु हुने भएको छ ।

सरकारले दोस्रो तहको प्राथमिकतामा राखेको स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारी सहित काठमाडौ बाहिरका पत्रकारहरुलाई आजबाट खोप लगाइने छ।

त्यसैगरी पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, प्रहरी अस्पताल लाजिम्पाट, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप सेवा लिन सकिने मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन्।

यता लुम्बिनी प्रदेशको मुकाम राजधानी रुपन्देहीमा पनि आजबाट दोस्रो चरणको खोप अभियान थालिने भएको छ । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल, भिम अस्पताल तथा युनिभर्सल मेडिकल कलेजबाट दोस्रो प्राथमिकतामा परेका ब्यक्तिहरुलाई आजबाट खोप लगाउने व्यवस्था मिलाईएको छ ।

सरकारले गएको १४ माघदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरेको हो। पहिलो चरणको अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीसहित झण्डै पौने दुई लाखले खोप लगाएका थिए।

सरकारले काठमाडौंमा कार्यरत पत्रकारलाई पहिलो चरणको प्राथमिकतामा राखेपनि काठमाडौ बाहिरका पत्रकारलाई भने दोस्रो प्राथमिकतामा राखेको छ । काठमाडौंमा कार्यरत पत्रकारले पहिलो चरणमा नै खोप लगाएका छन् भने बाहिरका पत्रकारहरुले दोस्रो चरणमा खोप लगाउने छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ३१ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क