१ पुस २०८२, मंगलबार | December 16, 2025

आजबाट कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै



काठमाडौं । झण्डै पौने २ लाख अग्रभागमा सेवा दिईरहेका स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स तथा शवबहान चालकहरुले कोरोना भाइरस विरुद्धको खोप लिएर सकिएको पहिलो चरणको अभियानको दोस्रो चरण आज (आइतबार) सुरु हुने भएको छ ।

सरकारले दोस्रो तहको प्राथमिकतामा राखेको स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारी सहित काठमाडौ बाहिरका पत्रकारहरुलाई आजबाट खोप लगाइने छ।

त्यसैगरी पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, प्रहरी अस्पताल लाजिम्पाट, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप सेवा लिन सकिने मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन्।

यता लुम्बिनी प्रदेशको मुकाम राजधानी रुपन्देहीमा पनि आजबाट दोस्रो चरणको खोप अभियान थालिने भएको छ । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल, भिम अस्पताल तथा युनिभर्सल मेडिकल कलेजबाट दोस्रो प्राथमिकतामा परेका ब्यक्तिहरुलाई आजबाट खोप लगाउने व्यवस्था मिलाईएको छ ।

सरकारले गएको १४ माघदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरेको हो। पहिलो चरणको अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीसहित झण्डै पौने दुई लाखले खोप लगाएका थिए।

सरकारले काठमाडौंमा कार्यरत पत्रकारलाई पहिलो चरणको प्राथमिकतामा राखेपनि काठमाडौ बाहिरका पत्रकारलाई भने दोस्रो प्राथमिकतामा राखेको छ । काठमाडौंमा कार्यरत पत्रकारले पहिलो चरणमा नै खोप लगाएका छन् भने बाहिरका पत्रकारहरुले दोस्रो चरणमा खोप लगाउने छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ३१ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा