१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ब्रिटिस कलेजद्वारा ‘टप अप’ विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न



काठमाडौ। थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले अन्य कलेजबाट आएका ९टप अफ० विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । जनावरी तथा फेब्रुअरी इन्टेकको लागि आएका विद्यार्थीहरुलाई सहभागी गराईएर बिहीबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कुपण्डोलस्थित हिमालय होटेलमा ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको हो । बीएस्सी हन्स कम्प्युटिङ, तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कोभिड– १९ को महामारीको कारण सन् २०२० मा कक्षाहरु भर्चुअल संचालन भएकोले विद्यार्थीहरु पहिलो पटक साक्षत्कार भएका हुन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरिन्टिेसन कार्यत्रमको आयोजना गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको छ । सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो ।

हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरु सबैले मास्क देखी स्यानिटाइजर सम्मका सबै प्रवीधीहरू प्रयोग भएका थिए । त्यसैगरी कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । उनीहरुले कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षको लागी विद्यार्थीहरुलाई सचेत गराए । साथै, यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा कुनैपनी सम्झौता नहुने प्रतिवध्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा बिभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।

औपचारिक कार्यक्रमको समापन कलेजका एशोसियट डीन अरुणलाल जोशी गरेका थिए । औपचारिक कार्यक्रमको अन्त्य भएपछि विद्यार्थी तथा सहभागीहरु लन्च तथा चियापान समारोहमा सहभागी भएका थिए । सो समारोहपछि विद्यार्थीहरुबीचको सौधारता र घुलमील बढाउने उदेश्यले बिभिन्न खेलहरु पनि खेलाइएको थियो ।

कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । नयाँ विद्यार्थीहरुलाई पनि दुबै तरिकाबाट कक्षा लिइने भएको छ । भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको छ । हातामा प्रवेश गर्नुअघि अनिवार्य स्यानिटाइजेशन, तापक्रम मापन, मास्क तथा डेस्क बेन्च पनि उचित दूरी कायम गरिएको छ । कलेजका अनुसार अवस्था सामान्य नभइन्जेलसम्म यसरी नै कक्षाहरु संचालन हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ५६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले