१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आज नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन, सभापति देउवाले भैरहवाको कार्यक्रमलाई सम्बोधन गर्ने



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज सोमबार देशव्यापी प्रदर्शन गर्दैछ । जिल्ला कार्यसमितिहरुको आयोजनामा देशका ७७ वटै जिल्लामा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनका लागि प्रस्ताव गरेपछि पुस १३ गतेदेखि आन्दोलित बनेको कांग्रेसले विभिन्न चरणमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ । संसद विघटन असंवैधानिक कदम भएको भन्दै विभिन्न चरणमा आन्दोलन गरिरहेको कांग्रेसभित्र संसद विघटनलाई निर्वाचनमा जानुपर्ने अवसरका रुपमा हेर्नुपर्ने तर्क पनि उठिरहेको छ ।

संस्थापन पक्ष संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै अदालतको निर्णय नआउँदासम्म केही बोल्न नहुने पक्षम छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिनिधिसभा पुनःस्थापना हुनै पर्ने अडानमा देखिएको छ । यद्यपि, आज सोमबारको देशव्यापी प्रदर्शनका लागि सभापति शेरबहादुर देउवाले सबै नेता कार्यकर्ताहरुलाई प्रदर्शनमा सहभागी हुन सर्कुलर जारी गरेको छ ।

प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा हुने विरोध प्रदर्शनमा सहभागी हुन सभापति देउवाले सबैलाई अपिल गरेका छन । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले चरणवद्ध आन्दोलन गरिरहेको उल्लेख गर्दै उनले विज्ञप्ती मार्फत भनेका छन-‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस र भातृसंस्थाले पुस १३, पुस २५, माघ ३ माघ ८ माघ १९ र माघ २४ गते गरेको विरोध प्रदर्शनमा व्यापक सहभागिताका साथ सम्पन्न भएका छन् ।

सोमबारको प्रदर्शनमा पनि घर-घरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दीक अपिल गर्दछु ।’ ’ तेस्रो चरणको आन्दोलनमा रहेको कांग्रेसका शीर्ष नेताहरुले विभिन्न जिल्लामा गएर सम्बोधन गर्ने भएका छन् । पार्टी सभापति देउवा आज रुपन्देहीको भैरहवामा हुने कार्यक्रमलाई सम्बोधन गर्न भएका छन ।

वरिष्ठ नेता पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा.शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता धनराज गुरुङले बताए । नेता कृष्णप्रसाद सिटौलाले झापामा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन । यसैगरी प्रकाशमान सिंह पोखरा, डा.शेखर कोइराला धरान, अर्जुन नरसिंह केसी काठमाडौं, डा.मिनेन्द्र रिजालले प्युठान, डा.रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदिप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन कार्यक्रम तय भएको छ ।

पुस १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुष २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ माघमा ७५३ स्थानीय तहका पालिकामा प्रदर्शन गरेको थियो । माघ ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो । यस्तै कांग्रेसले यसअघि माघ १९ गते भातृ संस्थाको नेतृत्वमा, माघ २४ गते शुभेच्छुक संस्थाको नेतृत्वमा ७७ वटै जिल्लामा प्रदर्शन गरेको थियो ।

कांग्रेसले आगामी बुधबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन ५ गते बुधबार दिनको २ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको जारी आन्दोलन र आगामी योजना लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा बस्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ७ : ४७ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले