१ पुस २०८२, मंगलबार | December 16, 2025

पार्टीभित्रैबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास भएपछि संसद विघटन गरेँ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका अगाडि नतमस्तक भएकै कारण ताजा जनादेशमा जाने निर्णय गरेको बताएका छन् ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जनादेशप्रति सम्मान भएकै कारण निर्वाचनको बाटो रोजिएको दाबी गरे ।

‘निर्वाचन पद प्राप्तिका लागि अवान्छित हर्कत हैन । प्रणाली रक्षाका लागि जरुरी कदम हो ।’, ओलीले थपे, ‘निर्वाचन लोकतान्त्रिक प्रणालीको जीवन हो । यसले राष्ट्र र पार्टीलाई विभाजित गर्दैन बरु प्रतिस्पर्धात्मक तरिकाले जीवन्त बनाउँछ ।’

एउटा निर्वाचनमा पराजित हुने तर त्यही व्यक्ति जस्केलाबाट असंवैधानिक तरिकाले प्रधानमन्त्री पद चाहियो भन्दै बार्गेनिङ गर्ने अवस्था आएको भन्दै गुटवन्दी जालझेल, तिकडमलाई परास्त पार्न निर्वाचन आवश्यक भएको जिकिर गरे ।

ओलीले आफ्नै पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको दाबी गरे । सरकारले ल्याएका विधेयकहरु अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको गुनासो गरे । अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भएपछि आजित भएर संसद विघटन गरी नयाँ निर्वाचनको बाटो रोजिएको उनले बताए ।

ओलीले आफुलाई काम गर्न नदिएर पार्टीभित्रैका नेताहरुले गठबन्धन सरकार जस्तो बनाइदिएका कारण एकवर्षदेखि कामले गति लिन नसकेको बताए ।

 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ०५ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा