१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

शम्भु थापाको चुनौती : संविधानले प्रधानमन्त्रीलाई आफूखुसी गर्ने अधिकार कहाँ दिएको छ ?



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले दिँदै नदिएको जिकिर गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले

अहिलेको संविधानमा न श्री ३, न श्री ५ नै लेखिएको छ भन्दै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएको जिकिर गरेका हुन् ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली बुटवल पुगेपछि फेरिएको बताए । थापाले भने, ‘उहाँले बुटवल पुगेर अदालतले संसद् पुनःस्थापनाको फैसला गरे सरकार बन्दैन, अस्थिरता आउँछ भन्नुभयो । सरकारी पक्षको बहसले र आफ्ना कानुन व्यवसायीका कुराले पार नलागेपछि प्रधानमन्त्रीले यसो भन्नुभो । यसमा त श्रीमानहरू हर्षित हुनुपर्ने ।’

थापाले बुटवलको प्रसंग उठाएपछि न्यायाधीस अनिलकुमार सिन्हाले आफुहरुले बाटो र सभाका कुरा नसुन्ने स्मरण गराएका थिए ।

थापाले बहस गर्दै भने, ‘‘हाम्रो संविधानको विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई दिएको छैन । प्रधानमन्त्री दिन नसके प्रतिनिधिसभा आफै मर्छ । संविधानको धारा ७६(७) मार्फत कुनै पनि प्रधानमन्त्री जन्माउन नसकिए संविधान आफै मर्छ ।’

वरिष्ठ अधिवक्ता थापाले संविधानले प्रधानमन्त्रीलाई आफूखुसी गर्ने अधिकार नदिएको दावी गरे । प्रधानमन्त्री आफैले ब्याख्या गरेर विघटनको अधिकार नपाइने जिकिर गर्दै थापाले विगतमा नेपालमा ४ पटक प्रतिनिधिसभा विघटन भएको र सबैमा संसदीय व्यवस्थाको अधिकार प्रधानमन्त्रीमा भएको भनिएपनि संसद प्रधानमन्त्रीको नोकर नहुने जिकिर गरे ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ३ : ०७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना