१२ असार २०८३, शुक्रबार | June 26, 2026

रुपन्देही सुपरलिग : ज्ञानोदय क्रिकेट क्लब विजयी



भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङमा आएको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले ४६ र करण विकेले १२ रन बनाए । बलिङमा शंकरनगरका अखलेस यादवले ३ र अनित तामाङले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शंकरनगर ३०.१ ओभरमा अलआउट हुँदै १०२ रनमै समेटियो । उसका लागि विराट भण्डारीले २८ र केशव पौडेलले २४ रन बनाए । बलिङमा ज्ञानोदयका सुनिल धमलाले ९ ओभरमा १ मेर्डन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, करण विकेले ३ विकेट लिए । खेलमा सुनिल धमला म्यान अफ द म्याच घोषित भए ।

मंगलबार तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी शाक्यान क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : ०९ बजे

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी