८ बैशाख २०८१, शनिबार | April 20, 2024

फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता फागुन ६ र ७ गते



बुटवल । बुटवलमा रहेको लाफा समुहले पहिलो पटक फुटसल प्रतियोगिता आयोजनामा गर्ने भएको छ ।

फागुन ६ र ७ गते समुहले फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ आयोजना गर्ने भएको हो ।

बुटवलमा रहेर विभिन्न खेलकुदको गतिविधि तथा सामाजिक क्षेत्रमा अग्रसर रहेको समुहले फुटसल प्रगियोगिताको तयारी समेत पुरा भइ सकेको समुहका अध्यक्ष तारा सिंह रेश्मीले जानकारी दिए ।

प्रतियोगिताको खेल संयोजक प्रविन थापा दर्लामीले टिम दर्ता, पुरस्कार सौजन्य लगायतको सबै काम पूरा भएको बताए । स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको उनले बताए । जिल्लाका करीब २५ टिम सहभागी हुने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक वारिस रानाले बताए ।

यसैगरि उपविजेता नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट ३ विद्याका खेलाडीहरुलाई समेत ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ लाख खर्च हुने अनुमान आयोजकको छ ।

यसैबिच आयोजक र पत्रकारका बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत गरिने उनले बताए । केही दिन अगाडी मात्रै तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै वर्षको दुइ पटक रक्तmदान संगै सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ३७ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर