२४ आश्विन २०८३, शनिबार | October 10, 2026

फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता फागुन ६ र ७ गते



बुटवल । बुटवलमा रहेको लाफा समुहले पहिलो पटक फुटसल प्रतियोगिता आयोजनामा गर्ने भएको छ ।

फागुन ६ र ७ गते समुहले फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ आयोजना गर्ने भएको हो ।

बुटवलमा रहेर विभिन्न खेलकुदको गतिविधि तथा सामाजिक क्षेत्रमा अग्रसर रहेको समुहले फुटसल प्रगियोगिताको तयारी समेत पुरा भइ सकेको समुहका अध्यक्ष तारा सिंह रेश्मीले जानकारी दिए ।

प्रतियोगिताको खेल संयोजक प्रविन थापा दर्लामीले टिम दर्ता, पुरस्कार सौजन्य लगायतको सबै काम पूरा भएको बताए । स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको उनले बताए । जिल्लाका करीब २५ टिम सहभागी हुने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक वारिस रानाले बताए ।

यसैगरि उपविजेता नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट ३ विद्याका खेलाडीहरुलाई समेत ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ लाख खर्च हुने अनुमान आयोजकको छ ।

यसैबिच आयोजक र पत्रकारका बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत गरिने उनले बताए । केही दिन अगाडी मात्रै तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै वर्षको दुइ पटक रक्तmदान संगै सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ३७ बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म : गगन थापाको राजनीतिक यात्रा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्