१६ असार २०८३, मंगलबार | June 30, 2026

वरिष्ठ अधिवक्ता खरेलको राय : प्रतिनिधसभा विघटन संवैधानिक प्रश्न हो, राजनीतिक हैन



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरीको तर्फबाट राय दिने क्रम जारी छ ।

आज वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले राय दिँदै प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएका कारण अदालतमा सुनुवाई गर्नै नहुने लिखित जवाफ संवैधानिक इजलासलाई दिएका थिए । वरिष्ठ अधिवक्ता खरेलले संविधान र राजनीति एक आपसमा जोडिने भएको जिकिर गर्दै यो विषयलाई राजनीतिक भन्न नमिल्ने तर्क गरे । खरेलले अदालतले राजनीतिक विषय भएकाले सुनुवाइ गर्दिनँ भनेको कुनै उदाहरण नरहेको पनि बताए ।

कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुनसक्ने तर संसद् विघटन संवैधानिक विषय हुने खरेलको जिकिर थियो ।

एमिकस क्यूरीको तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो राय राखेका थिए ।

संवैधानिक इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट पाँच जना एमिकस क्यूरी मगाएको थियो । एमिकस क्यूरीको राय सकिएपछि इजलासले आफ्नो फैसला सुनाउनेछ । गत माघ ४ देखि सर्वोच्चको संवैधानिक इजलासमा लगातार सुनुवाइ भइरहेको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ५९ बजे

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित