११ भदौ २०८३, बिहिबार | August 27, 2026

डाक्टरहरुले बिरामी जाँच्ने शुल्क बढ्यो, कस्ता डाक्टरले कति लिन पाउँछन् ?



काठमाडौं । डाक्टरहरुले बिरामी जाँच्ने शुल्क बढेको छ ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन०ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आजैदेखि डाक्टरहरूको परामर्श र जाँच्ने शुल्क वृद्धि गरेको जनाएको छ । ।

संघ र अफिनले मंगलबार बैठक बसेर शुल्क बढाउने निर्णय गरेका हुन् । दुवै संस्थाले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति र शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानेर नयाँ परामर्श शुल्क तोकेको जिकिर गरेका छन् ।

नयाँ शुल्कअनुसार पाँच वर्षसम्मको अनुभव भएका एमबीबीएस डाक्टरको ३ सय ७० रुपैयाँ तोकिएको छ । पाँच वर्ष बढी अनुभवी एमबीबीएस डाक्टरको शुल्क ४ सय ५० तोकिएको छ । यसैगरी डिप्लोमा डाक्टरको ५१५ देखि ५९० सम्म तोकिएको छ भने एमडी, एमएस एमडीएसको ६६० देखि ७०० रुपैयाँसम्म तोकिएको छ ।

यस्तै, पाँच वर्ष अनुभव भएका डीएम एमसीएचको ७७० रुपैयाँ तोकिएको छ । पाँच वर्षभन्दा बढीको अनुभव भएका डीएम एमसीएचको भने ८२५ रुपैयाँ तोकिएको छ ।

एमडी गरी १० वर्षबढीको अनुभव भएका एमडी एमएस र एमडीएस डाक्टरको पनि जाँच्ने शुल्क ८ सय २५ तोकिएको छ ।

विज्ञप्तिमा स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरे पनि कार्यान्वयन नहुँदा शुल्क बढाउन बाध्य भएको जनाइएको छ । सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ४६ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका