२२ मंसिर २०८२, सोमबार | December 8, 2025

डाक्टरहरुले बिरामी जाँच्ने शुल्क बढ्यो, कस्ता डाक्टरले कति लिन पाउँछन् ?



काठमाडौं । डाक्टरहरुले बिरामी जाँच्ने शुल्क बढेको छ ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन०ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आजैदेखि डाक्टरहरूको परामर्श र जाँच्ने शुल्क वृद्धि गरेको जनाएको छ । ।

संघ र अफिनले मंगलबार बैठक बसेर शुल्क बढाउने निर्णय गरेका हुन् । दुवै संस्थाले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति र शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानेर नयाँ परामर्श शुल्क तोकेको जिकिर गरेका छन् ।

नयाँ शुल्कअनुसार पाँच वर्षसम्मको अनुभव भएका एमबीबीएस डाक्टरको ३ सय ७० रुपैयाँ तोकिएको छ । पाँच वर्ष बढी अनुभवी एमबीबीएस डाक्टरको शुल्क ४ सय ५० तोकिएको छ । यसैगरी डिप्लोमा डाक्टरको ५१५ देखि ५९० सम्म तोकिएको छ भने एमडी, एमएस एमडीएसको ६६० देखि ७०० रुपैयाँसम्म तोकिएको छ ।

यस्तै, पाँच वर्ष अनुभव भएका डीएम एमसीएचको ७७० रुपैयाँ तोकिएको छ । पाँच वर्षभन्दा बढीको अनुभव भएका डीएम एमसीएचको भने ८२५ रुपैयाँ तोकिएको छ ।

एमडी गरी १० वर्षबढीको अनुभव भएका एमडी एमएस र एमडीएस डाक्टरको पनि जाँच्ने शुल्क ८ सय २५ तोकिएको छ ।

विज्ञप्तिमा स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरे पनि कार्यान्वयन नहुँदा शुल्क बढाउन बाध्य भएको जनाइएको छ । सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ४६ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन