७ आश्विन २०८३, बुधबार | September 23, 2026

चिनियाँ कम्पनी सिनोफार्मको ‘भेरोसेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोग अनुमति



काठमाडौं । चीनमा उत्पादन भएको कोरोना भाइरस विरुद्धको खोपले नेपालमा आपतकालीन अनुमति प्राप्त गरेको छ ।

औषधी व्यवस्था विभागले चीनको ‘सिनोफार्म’ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आपतकालीन अनुमति प्रदान गरेको हो ।

सिनोर्फामअन्तर्गत रहेको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले कोभिड-१९ विरुद्धको भेरोसेल खोप उत्पादन गरेको छ ।

औषधी व्यवस्था विभागले गत २०२१ को जनवरी १६ मै सिनोर्फामलाई आपतकालीन अनुमति दिएपनि यससम्बन्धी सुचना त्यसको एक महिना पछि १७ फ्रेबुअरीमा मात्र प्रकाशित गरिएको छ ।

सरकारले भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाले निर्माण गरेको ‘कोभिसिल्ड’ नामक खोपको २० लाख डोज किन्ने निर्णय गरेलगत्तै चिनियाँ सिनोफार्मका लागि आपतकालीन अनुमति प्रदान गरिएको सूचना प्रकाशित गरिएको छ ।

कोभिसिल्डको प्रति डोज ४ डलरमा खरिद गर्नका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ । अहिले भारतले अनुदानमा दिएको १० लाख डोड कोभिसिल्ड खोप अभियान चलिरहेको छ ।

चीन सरकारले नेपाललाई पाँच लाख डोज सिनोफार्म खोप अनुदानस्वरुप उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेको छ । चिनियाँ दूतावासले पहिला तीन लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको थियो । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी बीच भएको टेलिफोन छलफल पछि थप दुई लाख डोज खोप उपलब्ध गराउने सहमति भएको थियो ।

चिनियाँ दूतावासले नेपालमा छिटोभन्दा छिटो सिनोफार्मको भेरोसेल खोप उपलब्ध गराउन नेपालका अधिकारीहरुसँग छलफलमा रहेको जनाएको थियो ।

पाकिस्तान, यूएई लगायतका मुलुकमा चिनियाँ कम्पनी सिनोफार्मको कोरोना खोपको आपतकालीन प्रयोग सुरु भैसकेको छ । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ९ : ५२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११