१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दुईसाताभित्र भारतबाट थप २० लाख डोज कोरोना खोप आउँदै



काठमाडौं । सरकारले दुई साताभित्र थप २० लाख डोज कोरोना खोप आउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरी भारतबाट खरिदगर्न लागेको २० लाख डोज दुई सातामै आइपुग्ने दाबी गरेका हुन् ।
त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट खरिद गर्न लागिएको २० लाख डोज खोपका लागि सबै प्रक्रिया पूरा भएको जनाएका छन् । सहुलियत दरमा प्रतिखोप चार डलरमा ती खोप खरिद गर्न लागिएको उनले बताए । मन्त्री त्रिपाठीले भने, ‘प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसकेका छौं। आगामी दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने अवस्था छ।’

मन्त्री त्रिपाठीकाअनुसार फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिको जोखिममा रहेको समूहका व्यक्तिलाई कोभ्याक्स लगाइने छ। अबको चरणमा समुदायमा पुगेर खोप लगाउने उनले बताए । यसअघि यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइएको थियो ।

त्रिपाठीले कोभ्याक्स अन्तर्गत साढे २२ लाख डोज खोपका लागि समेत आफुहरुले सबै प्रक्रिया पुरा गरेको बताए । कोभ्याक्स विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने खोप प्याकेज हो ।

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  २ : ३९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर