१८ श्रावण २०८३, सोमबार | August 4, 2026

दुईसाताभित्र भारतबाट थप २० लाख डोज कोरोना खोप आउँदै



काठमाडौं । सरकारले दुई साताभित्र थप २० लाख डोज कोरोना खोप आउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरी भारतबाट खरिदगर्न लागेको २० लाख डोज दुई सातामै आइपुग्ने दाबी गरेका हुन् ।
त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट खरिद गर्न लागिएको २० लाख डोज खोपका लागि सबै प्रक्रिया पूरा भएको जनाएका छन् । सहुलियत दरमा प्रतिखोप चार डलरमा ती खोप खरिद गर्न लागिएको उनले बताए । मन्त्री त्रिपाठीले भने, ‘प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसकेका छौं। आगामी दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने अवस्था छ।’

मन्त्री त्रिपाठीकाअनुसार फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिको जोखिममा रहेको समूहका व्यक्तिलाई कोभ्याक्स लगाइने छ। अबको चरणमा समुदायमा पुगेर खोप लगाउने उनले बताए । यसअघि यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइएको थियो ।

त्रिपाठीले कोभ्याक्स अन्तर्गत साढे २२ लाख डोज खोपका लागि समेत आफुहरुले सबै प्रक्रिया पुरा गरेको बताए । कोभ्याक्स विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने खोप प्याकेज हो ।

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  २ : ३९ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क