१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कांग्रेसले क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाउने



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।

कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ ।

कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएपछि नयाँ कार्यतालिकाबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय असार ७ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने अवधि प्रस्ताव प्रस्तुत गरेका हुन् ।

त्यसअघि विधानले तोकेको कार्यविधि बमोजिम क्रियाशील सदस्यताको नयाँ र नवीकरणका लागि यही फागुन २८ गते, क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि चैत १० गते र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय छानबिन समितिमा परेका उजूरी उपर छानबिन गरी केन्द्रमा पठाउनुपर्ने अवधि चैत मसान्तसम्म प्रस्ताव गरिएको छ ।

सो समितिले गरेको निर्णय उपर परेको पुनरावेदन तथा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा परेका उजूरीसहित निर्णय गरी सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि जेठ मसान्त प्रस्ताव गरिएको छ ।

यसैगरी समायोजन हुन बाँकी जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि यही फागुन १५ गते प्रस्ताव गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसमितिको आज दिउँसो ३ बजे बस्ने बैठकमा सो बारेमा थप छलफल गरी टुङ्गो लगाइने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  २ : ४९ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको