९ चैत्र २०८२, सोमबार | March 23, 2026

लोकतन्त्रलाई कुबाटोतर्फ जान नदिन नयाँ निर्वाचन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीभन्दा अर्को उपयुक्त बाटो नभएको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण राजनीतिको मूलधारभन्दा अर्को उपयुक्त राजनीतिको बाटो हुन नसक्ने बताए । उनले अहिले पनि अन्यथा बाटोबाट अगाडि बढ्न खोज्ने प्रवृत्ति मौजुद रहेको बताउँदै अन्यबाटोबाट लक्ष्य हासिल नहुने स्पष्ट पारे । ।

प्रधानमन्त्री ओलीले कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे ।

प्रणालीगत हिसाबले आफुले अनेक चरणमा संघर्ष गरेको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीबाट उपलब्धी पनि हाँसिल हुँदै आएको दाबी गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र निर्जीव नभई सजीव प्रणाली भएको उल्लेख गर्दै शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो विश्वास बढाउन पनि आग्रह गरे ।

उनले लोकतन्त्रलाई कूबाटोतर्फ लैजाने चेष्टा अगाडि जान नदिन मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको बताउँदै लोकतन्त्र जनताका आकांक्षा र अभिमतबाट सञ्चालन हुन सक्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : १६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय