२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन इजलासको आग्रह



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर जारी बहस एमिकस क्यूरीको राय लिएसँगै सकिएको हो ।

शुक्रबार एमिकस क्यूरीको तर्फबाट अधिवक्ता गीता पाठकले अन्तिम राय दिएपछि मुद्दाको बहस सकिएको हो ।

बहस सकिएसँगै इजलासले सोमबारभित्र बहस नोट उपलब्ध गराउन आग्रह गरेको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन रिट निवेदकको पक्ष, विपक्ष र एमिकस क्यूरीका कानुन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

बहसमा १३ वटा रिट निवेदकको पक्षमा ७२ कानुन व्यवसायीले बहस गरेका थिए। विपक्षमा महान्यायाधिवक्ता र सरकारी वकिल र निजी कानुन व्यवसायीसहित ४८ जनाले बहस गरेका थिए। यसैगरी अदालतका सहयोगी पाँच जना एमिकस क्यूरीले समेत आफ्नो राय दिएका छन् ।

बहस नोट प्राप्त गरेसँगै इजलासले ती नोटहरुको अध्ययत गर्नेछ । तर त्यसका लागि अझै केही दिन लाग्नसक्ने देखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा यो मुद्दा विचाराधीन छ । इजलासमा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : २८ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा