१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लिगलिगे साईकल दौड : सोनी र लक्ष्मणलाई लिगलिगे साईकल दौडको उपाधि



पाेखरा । सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साईकल दौडको खुलातर्फको उपाधि जितेका छन् । धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन । उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२।९ किलोमिटरको दूरी पार गरेकी थिईन् ।

दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार गरेकी थिईन । गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन् । उषा गण्डकी प्रदेश स्तरिय साईकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भईन । गण्डकी प्रदेश स्तरिय महिलाको उपबिजेता लमजुङकी केशरीथापा मगर हुदा कास्कीकी जमुना थापा तृतिय भईन् ।

त्यसैगरि पुरुष खुलातर्फको उपाधि बिजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्टको समय खर्चर निर्धारित ५२।९ किलोमिटरको दूरी पार गरेक थिए । दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सकेन्टको समय खर्चेका थिए ।

पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय साईकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो,गोरखाका लेखप्रसाद भट् दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतिय भए । शिवले पालुङटार स्तरिय साईकल दौडको उपाधि भने जित्न सफल भए । उनी पालुङटारबाट सहभागि हुने एकल राईडर थिए । लिगलिग भिलेज स्पोट्र्सद्धारा संचालित कार्यक्रमको बिजेतालाई प्रमुख अतिथि पालुङटार नगर प्रमुख ई.दीपकबाबु कडेल,विशेष अतिथि पर्यटन बोर्टका सिईयो डा.धनन्जय रेग्मी,नेपाल साईकलिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती,प्रतियोगिता संयोजक संजिब रानालगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताका पुरुष तथा महिला खुला दौडको बिजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तृतिय हुनेले जनही नगद १५ हजार प्राप्त गरे । साथै दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित भए ।

गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले जनही ५ हजार उपविजेताले जनही ३ हजार र तृतिय हुनेले जनही नगद २ हजार ५ सय प्राप्त गरेका छन् । पालुङटार नगरपालिका स्तरिया पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ प्राप्त गरेका छन् । प्रतियोगितामा ११ बर्षका कान्छा खेलाडीले पनि आफ्नो दौड पुरा गर्न सफल भए । उनलाई पालुङटार नगर प्रमुख कडेलले प्रोत्सान स्वरुप नगद ५ हजारले सम्मान गरेका थिए । समापन समारोहमा नगरप्रमुख कडेलले लिगलिगे साईकल दौड प्रत्येक बर्ष गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सिरानचोक गाउपालिका र राईनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गरेका थिए भने निम्नतम हाईट ४ सय २० मिटर सम्म ड्राईव कुसलता साथ सम्पन्न गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ०२ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज