२४ आश्विन २०८३, शनिबार | October 10, 2026

लिगलिगे साईकल दौड : सोनी र लक्ष्मणलाई लिगलिगे साईकल दौडको उपाधि



पाेखरा । सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साईकल दौडको खुलातर्फको उपाधि जितेका छन् । धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन । उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२।९ किलोमिटरको दूरी पार गरेकी थिईन् ।

दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार गरेकी थिईन । गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन् । उषा गण्डकी प्रदेश स्तरिय साईकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भईन । गण्डकी प्रदेश स्तरिय महिलाको उपबिजेता लमजुङकी केशरीथापा मगर हुदा कास्कीकी जमुना थापा तृतिय भईन् ।

त्यसैगरि पुरुष खुलातर्फको उपाधि बिजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्टको समय खर्चर निर्धारित ५२।९ किलोमिटरको दूरी पार गरेक थिए । दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सकेन्टको समय खर्चेका थिए ।

पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय साईकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो,गोरखाका लेखप्रसाद भट् दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतिय भए । शिवले पालुङटार स्तरिय साईकल दौडको उपाधि भने जित्न सफल भए । उनी पालुङटारबाट सहभागि हुने एकल राईडर थिए । लिगलिग भिलेज स्पोट्र्सद्धारा संचालित कार्यक्रमको बिजेतालाई प्रमुख अतिथि पालुङटार नगर प्रमुख ई.दीपकबाबु कडेल,विशेष अतिथि पर्यटन बोर्टका सिईयो डा.धनन्जय रेग्मी,नेपाल साईकलिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती,प्रतियोगिता संयोजक संजिब रानालगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताका पुरुष तथा महिला खुला दौडको बिजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तृतिय हुनेले जनही नगद १५ हजार प्राप्त गरे । साथै दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित भए ।

गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले जनही ५ हजार उपविजेताले जनही ३ हजार र तृतिय हुनेले जनही नगद २ हजार ५ सय प्राप्त गरेका छन् । पालुङटार नगरपालिका स्तरिया पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ प्राप्त गरेका छन् । प्रतियोगितामा ११ बर्षका कान्छा खेलाडीले पनि आफ्नो दौड पुरा गर्न सफल भए । उनलाई पालुङटार नगर प्रमुख कडेलले प्रोत्सान स्वरुप नगद ५ हजारले सम्मान गरेका थिए । समापन समारोहमा नगरप्रमुख कडेलले लिगलिगे साईकल दौड प्रत्येक बर्ष गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सिरानचोक गाउपालिका र राईनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गरेका थिए भने निम्नतम हाईट ४ सय २० मिटर सम्म ड्राईव कुसलता साथ सम्पन्न गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ०२ बजे

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध