७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रदेशसभा कब्जा गर्ने ‘दाहाल-नेपाल कम्पनी’को चाहना पुरा हुन दिँदैनौं : मुख्यमन्त्री राई



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाहाल–नेपाल कम्पनीलाई मुलुकलाई अँध्यारो खाडलमा लैजान लागेको आरोप लगाएका छन् ।

विराटनगरमा ओली पक्षद्वारा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पुष्पकमल दाहाल र माधवकुमार नेपालले खुमलटारमा कम्पनी दर्ता गरेर मुलुकलाई अँध्यारो खाडलमा लैजान लागेको आरोप लगाएका हुन् ।

राईले दाहाल–नेपाल कम्पनीले राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष र मुख्यमन्त्रीहरूलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने तयारी गरेपछि प्रतिनिधिसभा विघटन गरिएको दाबी गरे । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, मुख्यमन्त्रीहरूलाई अपदस्त गरेर एउटा कित्ताले सत्ता कब्जा गर्ने तयारी गरेको छ । यो कित्ताले देश अध्याँरो सुरुङभित्र लगेको छ ।’

राईले दाहाल नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको भन्दै प्रदेश कब्जा गर्ने उनीहरुको चाहना पुरा गर्न नदिने दाबी गरे । उनले थपे, ‘विधि प्रक्रियाको खिल्ली उडाउँदै आउनुभएको छ । प्रदेश कब्जा गर्न दिँदैनौं । प्रदेशलाई संस्थागत गर्दै अगाडि बढ्छौं ।’ चुनावी प्रक्रियाबाट आएका मुख्यमन्त्रीहरूलाई हटाउन नसक्ने उनले बताए ।

मुख्यमन्त्री राई विरुद्ध प्रचण्ड नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रदेश सभामा अविश्वास प्रस्ताव अघि बढाउन नदिन राई पक्षीले संसद अवरोध गरिरहेको छ । प्रस्ताव अघि बढे प्रदेशसभा नै विघटन गर्ने चेतावनी राईले दिइसकेका छन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : १० बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न