१६ असार २०८३, मंगलबार | June 30, 2026

संसद पुनर्स्थापना भए सांसद किनबेच हुन्छ, सरकार बनाउने-ढाल्ने खेल हुन्छ : अदालतलाई ‘कन्भिन्स’ गर्ने केपी ओलीको अन्तिम अस्त्र



काठमाडौं । संविधान बमोजिम प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओलीको दाबी फितलो हुँदै गएपछि ओलीले आफ्नो समूहले गरेको सभाको उपस्थितीको सहारा लिन खोजेका छन् । बुटवलको सभाबाट बोली फेरेका प्रधानमन्त्रीले बिराटनगरमा पनि संविधान बमोजिम भन्दा अदालतले देशभरीको सभा हेरेर फैसला गर्न आग्रह गरे ।

सुरुसुरुमा लामै समय लगाएर बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने जिरह गर्दै आएका ओलीले बुटवलमा पार्टीले आयोजना गरेको सभाबाट त्यो जिरह छाडेका छन् । सम्भवत सर्वोच्च अदालतको संविैधानिक अदालतमा सकिएको बहसमा संसद विघटनको विपक्षमा बहस गर्ने अधिवक्ताहरुको पल्ला भारी देखिएपछि ओलीले बोली फेरेको पनि हुन सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

६४ प्रतिशत बहुमत सहितको प्रधानमन्त्री आफु भएको र संसद विघटन गर्ने आफुलाई अधिकार भएको कुरा पटक पटक गर्ने गरेका ओलीले आज पनि बिराटनगरमा भाषण गर्दै भनेका छन् । ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संधिानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’ उनको यो फेरिएको बोली हो ।

यस अघि आन्दोलनकारी विपक्षीलाई कटाक्ष गर्दै आएका ओलीले बिराटनगर पुगेर भने आफैले आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले आफ्ना कार्यकर्तालाई सबै सेटिङ मिलाईएकाले ढुक्कहुने आश्वासन दिने गरेकोमा बिराटनगरमा भने ‘सेटिङ-फेरिङ’ गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिए ।

ओलीले संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी समेत गरे। चेतावनीयुक्त भाषाले उनले भने, ‘कुनै सेटिङ(फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

उनले सभामा बुटवलकै वाक्यहरुलाई दाहो¥याउँदै कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो भने सांसद किनबेच, सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।

पहिले सर्वोच्चको अन्य फैसला आउनै नसक्ने जिकिर गर्ने प्रधानमन्त्रीले फेरिपनि सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए । उनले आज भने अदालतलाई कस्ले दवाव दिईरहेको छ भनेर भनेनन् ।

प्रधानमन्त्रीको बोली फेराईबाट उनी संसद विघटनको कदमबाट आफैलाई आत्माग्लानी भएको होकी भन्ने आभास उनको अभिव्यक्तिमा झल्कन थालेको छ । त्यसो त ३ वर्ष पार्टी भित्रैबाट काम गर्नै नदिएर आफुलाई असफल बनाईएको गुनासो गर्दै हिँडेका र अदालतमा प्रतिउत्तर लगाउंदा पनि पार्टी भित्रैबाट आफुलाई र सरकारलाई राम्रो काम गर्न नदिएको लिखत पेश गरेका ओलीले आफैले सिंहदरबारमा कार्यालय उदघाटन गर्दै इतिहासमै सबै भन्दा बढी काम भएको, विकास भएको, आर्थिक प्रगति भएको तथा मुलुकले कोल्टे फेरेको भन्दै आफ्नो लिखत र गुनासोलाई झुठो साबित गरेका छन् ।

उनले लगाउंदै आएका सबै आरोपहरु गलत प्रमाणित हुँदै गएपछि ओलीले अव संसद पुनर्स्थापना भएमा सांसद किनबेच हुन्छ, अस्थिरता आउंछ र व्यवस्था कमजोर बन्छ भन्ने अस्त्र प्रयोग गर्न थालेका छन् । ओलीको यो अस्त्रले पनि काम नगरे अर्को अस्त्र के हुन सक्ला त्यो पनि छिट्टै हेर्न पाईने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री