३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

कोरोनाविरुद्धको खोप : थप १० लाख डोज ‘कोभिशिल्ड’ आज भारतबाट नेपाल ल्याइँदै



काठमाडौं । सरकारले आज कोभिड-१९ विरुद्धको खोपको १० लाख डोज ‘कोभिशिल्ड’ नेपाल ल्याउन लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसो साढे १ बजेको एयर इन्डिया दिल्ली-काठमाडौंको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपाल भित्रिन लागेको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेअनुरुपको पहिलो चरणमा सो खोप आज ल्याउन लागेको जनाएको हो ।

खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ४२ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी