७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कोभिशिल्डको विकल्पमा दुई खोप



काठमाडौं । कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिशिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिशिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिशिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिशिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप विकल्पका रूपमा दिन पत्राचार गरिएको जानकारी दिए ।

कोभ्याक्सको सूचीमा रहेकामध्ये एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप मात्र नेपाललाई उपयुक्त हुने उनले बताए । यी दुई खोप दुईदेखि आठ डिग्री सेल्सियससम्ममा लगाउन सकिन्छ ।

खोप सल्लाहकार समितिको मङ्गलबारको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एन्ड जोन्सनलाई सिफारिस गरेको बताउँदै गौतमले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनिकाको फर्मुला प्रयोग गरेर उत्पादन गरेको खोप कोभिशिल्ड खोप लगाएका व्यक्तिलाई समेत लगाउन सकिने बताए ।

नेपालमा ६५ वर्षमाथिका करिब १५ लाखले पहिलो डोज कोभिशिल्ड लगाएका छन् । उनीहरूलाई दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । कोभिशिल्ड खोप भारतले नदिने भएपछि एस्ट्राजेनिकाको फर्मुलामा बनाइएका अन्य खोप पनि उपयुक्त हुने सुझाव छ । एस्ट्राजेनिका फर्मुलामा भारतबाहेक बेलायत, कोरियामा उक्त खोप उत्पादन हुने गर्दछ ।

कम विकसित, विकासशील, विकासोन्मुख देशहरूमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिशिल्ड खोप तीन लाख ४८ हजार डोज उपलब्ध गराइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : २५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल