७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

देउवालाई पौडेलको जवाफ : आन्दोलन गर्न पैसा हैन, नेतृत्व क्षमता चाहिन्छ



सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गर्न पैसा नभै निर्णय क्षमता महत्वपूर्ण हुने बताएका छन् ।

केही दिन अघि पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न आफ्नो पार्टीसँग पैसा नभएको बताएका थिए । सदस्यता पाउने बेलामा मारामार गर्ने क्रियाशील सदस्य समेत प्रदर्शनमा नआउने अवस्था रहेको भन्दै देउवाले सार्वजनिक गुनासो गरेका थिए ।

देउवालाई जवाफ फर्काउँदै वरिष्ठ नेता पौडेलले आन्दोलनका लागि पैसा गौण भएको बताउँदै नेतृत्व क्षमता र पार्टीको निर्णय महत्वपूर्ण हुने बताएका छन् ।

आइतबार बिहान सुनसरीमा पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै पौडेलले पार्टीले आन्दोलनको आह्वान गर्नसक्नुपर्ने बताएका हुन् । पौडेलले भने, ‘पैसा भएमात्र आन्दोलन गरिँदैन । सभा, जुलुस, सभा प्रदर्शन पैसाले हुने हो र ? यो त त्यसै हुन्छ। पार्टीको संकल्प र निर्णयले हुन्छ ।’

संविधान र लोकतन्त्र रक्षाका लागि पार्टीले आन्दोलनको नेतृत्व गर्नुपर्ने उनले पुनः स्पष्ट पारे । पार्टीले आह्वान गरे नेता कार्यकर्ता समर्थक जनता लोकतन्त्रको लडाईंमा आफै आउने बताउँदै उनले त्यसको निर्णय र नेतृत्व गर्न पार्टीले सक्नुपर्ने जिकिर गरे ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय गरेको काँग्रेसले सभापति देउवाको अनिच्छाकै कारण त्यस विरुद्ध सडक आन्दोलनलाई अघि बढाउन सकेको छैन ।

देउवाले अदालतको जस्तो सुकै निर्णय मान्ने बताउँदै अहिले चुनावको तयारी गर्नुपर्नेमा जोड दिँदै आएका छन् । तर, वरिष्ठ नेता पौडेलसहितका नेताहरु भने सरकारको असंवैधानिक कदम विरुद्ध आन्दोलन नगरे लोकतन्त्र नै नरहने जिकिर गरिरहेका छन् । उनीहरुले संविधान रक्षा गर्न सके मात्र त्यसपछि चुनाव हुनसक्ने बताएका छन् ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल